कांग्रेसबाटै चुनाव लड्छु: पूर्वमन्त्री पुस्कर नाथ ओझा
नेपाली कांग्रेसबाट कारबाही झेलिरहेका पूर्वमन्त्री पुष्करनाथ ओझाले कैलाली ५ बाट निर्वाचन लड्ने सक्ने बताएका छन् । बुधबार कांग्रेस कैलालीका नेताहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘कांग्रेस मेरो घर हो म कांग्रेसबाटै चुनाव लड्छु,’ ‘यदि प्रधानमन्त्री शेर बहादुर देउवा सकारात्मक देखिए कांग्रेसबाटै चुनाव लड्ने तयारी छ ।,’ उनले भने । यसअघि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लडेको क्षेत्रमा यस पटक आफू लड्ने संकेत उनले गरेका छन् । कांग्रेस आफ्नो घर भएको भन्दै ओझाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएमा यस विषयमा छलफल गर्न सकिने बताएका छन् ।
कैलाली सचिव नृप सुनारले आज भएको भेटघाटका ओझा सकारात्मक देखिएको बताएका छन् ।२०७० सालमा भएको उपनिर्वाचनमा विजयी भएका ओझालाई कांग्रेसले २०७४ सालको चुनावमा टिकट दिएको थिएन ।
आफूले पाउनुपर्ने टिकट कांग्रेस नेतृ आरजु राणालाई दिइएको भन्दै रुष्ट बनेका ओझालाई अन्तर्घातको आरोपमा कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । यो चुनावमा आरजु एमालेका नारदमुनि रानासँग भारी मतान्तरले पराजित भएकी थिइन् ।
आज ओझालाई भेट्न केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर नृप बड, जिल्ला सभापति नारायणदत्त भट्ट, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, कांग्रेस प्रदेशका कोषाअध्यक्ष उत्तम काठायत, निवर्तमान कांग्रसका सल्लाहकार नारायण सत्याल, कैलाली सचिव नृप सुनार, गोदावरी नगरपलिकाका मेयर वीरेन्द्र भट्ट घरमै पुगेका थिए ।
अघिल्लो पटक आरजु राणा एमाले उम्मेदवार नारदमुनि रानासँग ५ हजार बढी मतले पराजित भएकी थिइन् । त्यसवेला ओझाले पार्टीलाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेको थियो । उनको कारबाही अझै फुकुवा भएको छैन ।
१५ भदौ २०७९, बुधवार १३:३४ बजे प्रकाशित































