punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।


१५ भदौ २०७९, बुधवार १०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु