गोदावरी नगरपालिकामा थप ४४ जनामा कोरोना संक्रमण
अत्तरिया, असार ९
कैलालीको गोदावरी नरपालिकामा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले विज्ञप्ति जारी गर्दै गोदावरीमा ४४ जना संक्रमित थपिएको जनाएको हो ।
जारी विज्ञप्तिअनुसार आज थपिएका संक्रमित मध्ये १५ जना महिला र २९ जना पुरुष रहेका छन । संक्रमित मध्ये १ जना निको भएर घर फर्किएका व्यक्ति हुन् भने १ जनाको मृत्यु भइसकेको छ । यो संगै गोदावरी नगरपालिकामा संक्रमितको संख्या ८१ पुगेको छ ।
९ असार २०७७, मंगलवार ०८:३५ बजे प्रकाशित






























