सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो, ४९ जना थपिए
धनगढी, असार ९
सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। तर, उनको स्थानीय तह खुलाइएको छैन्।
यस्तै कञ्चनपुरको बेलौरी, बाजुर र बझाङका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
९ असार २०७७, मंगलवार ०८:५५ बजे प्रकाशित






























