punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनचाँदीको मूल्य

Chaupati
safha napa

सुनको मूल्य बिहीवार प्रतितोला ३०० रुपैयाँले कम भएको छ । बुधवारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम गरिएको छ । बुधवार उक्त सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य बिहीवार प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


२ भदौ २०७९, बिहीवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु