punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वेष्ट इन्डिजसँग न्युजिल्यान्ड पराजित

Chaupati
safha napa

न्युजिल्यान्ड वेष्ट इन्डिजसँग पराजित भएको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेष्ट इन्डिजसँग न्युजिल्यान्ड पाँच विकेटले पराजित भएको हो । १ सय ९१ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३९ ओभरमा नै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

जित निकाल्ने क्रममा घरेलु टिमका लागि सामर ब्रोक्सले ७९ रन बनाए । कप्तान निकोलस पुरनले २८ रन बनाउँदा साई होपले २८ रनको योगदान दिए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र टीम साउथीले समान २–२ विकेट लिए । एक विकेट भने मिचेल साट्नरको नाममा रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५।२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९० रन मात्रै बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३४ र माइकल ब्रेसवेलले ३१ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिए ।

न्युजिल्यान्डविरुद्ध कसिलो बलिङ गरेका वेष्ट इन्डिजका एकेल हुसेन र अल्जारी जोसेफले समान ३–३ विकेट लिए । त्यस्तै, जासन होल्डरले दुई विकेट लिए । यो जितसँगै न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिजले १–० को अग्रता पनि बनाएको छ ।


२ भदौ २०७९, बिहीवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु