punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोलियम पदार्थको मूल्य यथावत

Chaupati
safha napa

भारतबाट लगातार पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा भने पेट्रोलियम पदार्थको मुल्य यथावत राखिएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४।७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४।५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९।५७ रुपैयाँ घाटा देखाएको छ । हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाइएको छ।

निगमले आफ्ना कर्मचारीलाई बोनस र विभिन्न शीर्षकमा सुविधा दिँदै आएको छ भने उपभोक्तालाई चाहिँ लगातार तीन पटक मूल्य घटेर आउँदा पनि समायोजन गरेको छैन । जबकी निगमले स्वचालित मूल्य प्रणाली भन्दै बढेको बेलामा चाहिँ विगतमा भाउ बढाउँदै आएको थियो ।

मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।


१ भदौ २०७९, बुधवार ०६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु