राष्ट्रपति भण्डारीको राजीनामा माग
नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतवार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो ।
सोमवार तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको बताएका छन् ।

३० साउन २०७९, सोमवार २१:३७ बजे प्रकाशित































