punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्युठानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Chaupati
safha napa

प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका ५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको ज्यान गएको हो ।


२९ साउन २०७९, आइतवार २१:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु