punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको एक घरमा आगलागी

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित एक घरमा आगलागी भएको छ।गएराति करिब १० बजेतिर सरौटा टोलका लक्ष्मी राम पाण्येको काठले बनेको दुई कोठे कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मच्छर भगाउन बालेको भुसाबाट एक्कासी आगलागी हुँदा घरमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ। आगलागीबाट मानविय क्षति भने भएको छैन। धनगढी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


२७ साउन २०७९, शुक्रवार ०६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु