punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अहिले सम्मकै सबैभन्दा लामो सूर्यग्रहण सकियो

Chaupati
safha napa

काठमाडौं,असार ७ । नेपाली आकाशमा आज बिहान १०ः४२ बजेबाट देखिन शुरू गरेको खण्डग्रास सूर्यग्रहण अहिले दिउसो २ः२९ मिनेटमा पूर्ण रूपमा हटेको छ। खासमा आजको ग्रहण वलय सूर्यग्रहण भएपनि नेपालबाट भने खण्डग्रास मात्र देखिएको थियो। नेपालबाट वलय सूर्यग्रहण अवलोकन गर्न अब ४४ वर्ष कुर्नुपर्नेछ।

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १७ फेव्रुअरी सन् २०६४ मा मात्र नेपालबाट वलय सूर्यग्रहण देख्न सकिनेछ। वर्षायाम भएकोले आजको सूर्यग्रहण राम्रोसँग देखिएको थिएन। बेलाबेलामा बादल फाट्दा मात्र सूर्यग्रहण देखिएको थियो।

भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण २३ नोभेम्बर बिहान सन् १९६५ मा देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन। पृथ्वीबाट सूर्यतर्फ हेर्दा चन्द्रमा सूर्यको बीच भागमा पर्दा सूर्यको बाहिरी भाग रिंग जस्तो देखिन्छ, यसैलाई नै वलय सूर्यग्रहण भन्ने गरिन्छ।


७ असार २०७७, आइतवार ०९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु