सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९९१ जना पुगेको छ ।
७ असार २०७७, आइतवार १०:०१ बजे प्रकाशित































