punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालयमा बेहोश हुन थाले छात्रा

Chaupati
safha napa

बझाङको  बित्थडचीर गाउँपालिका – १ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोश हुन थालेका छन्। आइतबार सात छात्रा बेहोस भएका थिए। सोमबार सात र मंगलबार दुई छात्रा बेहोस भएका हुन् ।

उनीहरूको दुई घण्टा पछि होश आएको प्रधानाध्यापक बिष्णु सिंह बोहराले बताए। बेहोस भएका सबैलाई घर पठाएपनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्‍याएर डाक्टरबाट जाँच गराएको उनले बताए। बेहोस भएका छात्रामा नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, काँप्ने र बर्बराउने जस्ता लक्षण देखा परेको छ।

विद्यार्थीहरुमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो। उनीहरूमा ‘मास हिस्टेरिया’ भएको डाक्टर ईश्वर बलामीले बताए। उनले भने,‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ। त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेसनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।’

चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए। एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने उनको भनाइ छ। यस्ता छात्रामा केही अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ। विद्यालयमै पुगेका डाक्टर बलामीले १ घण्टा शिक्षकहरूलाई समेत सहजीकरण गरेका थिए।

विद्यालयले बिरामी परेकाहरुलाई केही दिन विदामा घर बस्न सुझाव दिएको छ। विद्यालय भने विदा नगरेको बनाइएको छ।


२६ साउन २०७९, बिहीवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु