punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा सोमबार थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा सोमबार थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९६७ जनाको नमुना एन्टिजेन विधि र ७७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १२१ जनामा संक्रमण फेला परेको हो।

सेती प्रादेशिक अस्पतालमा ६७ नमुनालाई पीसीआर परीक्षण गर्दा २२ जना र डडेल्धुराको डडेल्धुरा अस्पतालमा ८ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ।

कञ्चनपुरमा ७९८ नमुना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जना, कैलालीमा २९३ नमुना परीक्षण गर्दा १९, बैतडीमा १३ नमुना परीक्षण गर्दा १ र बझाङमा ३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना भेटिएको छ। हाल सेती अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। आज ४ जना कोरोनामुक्त भएका छन् ।


२३ साउन २०७९, सोमवार २२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु