punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

Chaupati
safha napa

बैतडीमा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब रु. १३ लाख राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षमा सल्लाको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु. १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

गत आर्थिक वर्ष रिट्ठा, तेजपात, अमला, गुच्चेच्याउ, दालचिनी, पाखनवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ । जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटी निकासी हुने गरेको छ ।


२३ साउन २०७९, सोमवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु