सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
सोमबार (आज) स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत कारोबार दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको सोमबारको तुलनामा आज सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको हो । गत सोमबार सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य एक सातामा १५ रुपैयाँ घटेको छ । गत साताको सोमबार प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २०५ मा कारोबार भएको छ । आज चाँदी गत कारोबार दिनकै मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
२३ साउन २०७९, सोमवार १२:१७ बजे प्रकाशित































