punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्दो कोरोना नियन्त्रण गर्न आइसियूसहितका आइसोलेसन तयार

Chaupati
safha napa

कोरोना संक्रमणको चौथो लहरलाई मध्यनजर गरेर बैतडीमा पूर्वतयारी थालिएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकोले पनि यहाँ जोखिम बढेको छ। जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ। कोरोना संक्रमितको उपचारको लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० बेडको आइसोलेसन तयार पारिएको हो।

जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखेर संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन तयार पारिएको छ। दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा आइसोलेसन तयार पारिएको हो। महिला पुरुषका लागि छुट्टा छुट्टै आइसोलेसन तयार पारिएका हुन्।

यस्तै जिल्ला अस्पतालमा पनि आईसीयु सहितको ४ बेडको आइसोलेसन तयार पारिएको छ। केहि दिन अगाडि विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार आइसोलेसन निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

उक्त बैठकले ५ लाख बराबरको कोरोना कोष स्थापना गर्ने, होल्डिङ सेन्टर,क्वारेन्टाइन निर्माण गर्ने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरूको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेश गर्ने निर्णय गरेको थियो।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ। त्यसका लागि जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने समेत निर्णय भएको थियो। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनाकै कारण यहाँ १९ जनाले ज्यान समेत गुमाइसकेका छन्।

 


२२ साउन २०७९, आइतवार १५:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु