आजबाट मतदाता नामावली संकलन स्थगित

मतदाता नामावली संकलन आजदेखि  स्थगित हुने भएको छ । सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ ९भोलि०समम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।


२० साउन २०७९, शुक्रवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु