punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरो बग्न नरोकिएपछि साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

Chaupati
safha napa

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ । बाजुराको बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साँफे–मार्तडी सडकखण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिकमार्ग निर्माण थालिएको हो । एक साताभित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी यही साउन १७ गते भएको सहमतिअनुसार बिहीबारदेखि काम सुरु भएको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

बुढीगंगा नगरपालिका, स्थानीय जग्गाधनी र सडक डिभिजन कार्यालय साँफेबीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो । नगरपालिकाले थालेको जग्गाधनीसँगको छलफलपछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् । उनीहरूले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गतेमात्र लिखित सहमति गरिसकेका छन् ।

निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिनमार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताए । स्थानीयले जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजीकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको हो । बल्देकै अवरोधका कारण साँफे–मार्तडी सडक बर्सेनि बर्खायाममा चार महिना अवरुद्ध हुने गरेको छ ।

बल्देको घुम्तीबाट बल्दे आटीचौर सडक भएर कन्र्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरोप्वाइन्ट बनाएर सडक निर्माण सुरु गरिएको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकाले गाउँमाथिबाट सडक लैजान दिने सहमति गरिएका स्थानीयको भनाइ छ ।

क्ष्कष्लिनतयल
सडकले मुआब्जा दिएकोभन्दा तीन गुणा बढी जमिन सडककै नाममा काटिएको छ । सडक निर्माणकै कारण सिङ्गो अम्कोट बस्ती नै उठिबास हुने गरी पहिराको जोखिममा रहेकाले पुरानै रुटमा थप जमिन काटेर बाटो निर्माण गर्न नदिने अडान स्थानीयको छ । वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि यातायातका साधन नियमित सञ्चालन हुने यहाँका स्थानीयमा आशा पलाएको छ ।

वैकल्पिक मार्ग निर्माण हुन सके तत्कालको पहिराले अवरुद्ध सडक सञ्चालन हुने छ । सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालीन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने देखिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापासहितको टोलीले नै राजमार्गको रुट नफेरिने गरी अर्को विकल्प खोज्न दिएको निर्देशनपछि सडक डिभिजन कार्यालयले डिपिआर तयार पारिसकेको छ । तर डिभिजन कार्यालयले तयार पारेको डिपिआर मन्त्रालयमै थन्किएको छ ।

१२ करोड रुपैयाँ लागत अनुमानसहित थप चार किलोमिटर मार्ग निर्माणको फाइल पाँच वर्षदेखि मन्त्रालयमा थन्किएको डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवको भनाइ छ । सडक निर्माण सकिएको दुई वर्षपछि पैमाको पहिराका कारण राजमार्ग सडक भत्किन थालेको हो । निर्माण भएको दुई वर्षसम्म राजमार्ग नियमित सञ्चालन भए पनि पछिल्लो ६ वर्षदेखि उक्त सडक वर्षाका कारण अवरुद्ध हुँदै आएको थियो ।


२० साउन २०७९, शुक्रवार ०९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु