झण्डा अरुकै बोक्नुस तर देश बनाउने संकल्पका साथ भोट हलोमै हाल्नुस : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउनका लागी ब्यवस्थानै परिवर्तन गर्नुपर्ने बताएका छन् । पार्टी कैलालीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले अहिले देखिएका ठुला दलहरुको बिराशत नभत्काउँदा सम्म देश नबन्ने बताएका हुन् ।
एकपछि अर्को दलहरुलाई जनताले चुनेपनि बर्तमान नेतृत्वमा रहेका कुनै दलबाट शन्तुस्ट हुन नसकेको बताउँदै लिङ्देनले अब त्यसको बिकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै भएको दावी गरे । देश उधोगती लाग्नुमा बर्तमा नेतृत्वमा रहेका तिन दल रहेको लिङ्देने भनाई छ ।
नेकपा माओवादीले बोकेको एजेण्डामा काग्रेंस र माओवादी जबरजस्ती लागेको दावी गर्दै लिङ्देन अब राजतन्त्र सहितको प्रजातन्त्रमा काग्रेंस एमालेपनि आउने बताए । माओवादीले बोकेको एजेण्डा संघिय लोकतान्त्रीक कणतन्त्र कमाइखाने भाँडो मात्रै बनेको दावी गर्दै उनले देश बनाउन अब राष्ट्रि प्रजातन्त्र पार्टी रोज्न आग्रह गरे ।
देशमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो भएपछि मात्रै जनताले चाहेको संबिधान बन्ने लिङ्देनको भनाई थियो ।देशमा शिर्ष नेताका रुपमा देखिने बेढा अनुहारले बिश्राम नलिउकै कारण देश धेरै पछाडी धकेलिएको लिङ्देनले बताए । अहिलेको सत्तामा जाने नेताहरु देशका लागी भन्दापनि आफु, परिवार र कार्यक्रताका लागी मात्रै काम गरिरहेकाले देश कगांल बन्ने अवस्था आएको लिङ्देनको भनाई छ ।
देशलाई कगांल हुनबाट जोगाउने बिकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जोगाउनु मात्रै रहेको लिङ्देनले बताए । बृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले कैलाली कञ्चनपुरका करिब एक हजार बढी ब्यक्तीहरुलाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गराउँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्वार्थ बोकेर नभई देश बनाउनका लागी लाग्न निर्देशन दिएका थिए ।
अध्यक्ष लिङ्गदेनले भने ,हिन्दु धर्म हाम्रो गौरब र पहिचान भएकोले हामीले हिन्दु धर्म प्रति संधै आस्था । विश्वास लिनु पर्ने र हिन्दु धर्मलाई सधैं बचाई राख्न अनुरोध गरेका छन । म जुन ठाउँ जान्छु हिन्दु धर्मको मात्रै व्याख्या गर्दछु । उनले भने आफुलाई कहिले पनि सुदुरपश्चिमबाट धोका नहुने बिश्वास लिएको छु ।
उनले देश बनाउनका लागी अन्य दलमा भएकाहरुलाइपनि राष्ट्रि प्रजातन्त्र पार्टीसंग आबद्ध हुन आग्रह गरे । सके हाम्रो पार्टीमै आउनु होस मिलेर देश बनाऔँ अध्यक्ष लिङ्गदेनले भने “नभए झण्डा अरुकै बोकेपनि भोट हलोमा हालिदिए पुग्छ ।”
११ साउन २०७९, बुधवार १७:४१ बजे प्रकाशित































