punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा देउवालाई टक्कर दिन खोजेका कर्ण मल्ल कांग्रेस बीपीको वरिष्ठ उपसभापति मनोनित

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामै टक्कर दिन खोजेका पूर्व प्रदेश सांसद कर्णबहादुर मल्ल नेपाली कांग्रेस बीपीको वरिष्ठ उपसभापति मनोनित भएका छन् । नेपाली कांग्रेसबाटै प्रदेश सांसद निर्वाचित भएका मल्लले देउवाको कार्यशैलीविरुद्ध विद्रोह गर्दै स्थानीय चुनावअघि पार्टी परित्याग गरेका थिए । कांग्रेस परित्याग गरेपछि मल्ल कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

मल्लले प्रदेशसभा सांसदबाट समेत राजीनामा दिएका छन् । बुधवार बसेको कांग्रेस बीपीको पदाधिकारी बैठकले मल्ललाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो ।

पूर्व प्रदेश सांसद मल्लसँगै पार्टी प्रवेश गरेका करुणाकर भट्ट, हरिप्रसाद भट्ट र तहरिसिंह बोहरालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । तीनै जना डडेल्धुराका प्रभावशाली नेता हुन् । पार्टी महाधिवेशनका बेला क्रियाशील सदस्यता विवादका कारण देउवा र मल्लको दूरी बढेको थियो । मल्लले कुनै बेला देउवाको सचिवालयमा बसेर समेत काम गरेका थिए ।


११ साउन २०७९, बुधवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु