punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिममा थप १३७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,असार ४ । डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयहरुले बताएका छन्।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको बताए। दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्। यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेका जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए।

उता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका छन्। योसंगै जिल्लामा संक्रमितको सङख्या ५१ जना पुगेको छ।

उता डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रशाद भट्टले बताए। संक्रमितको स्थानीय तह भने खुलेको छैन्। योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक सय २२ पुगेको छ। सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला र स्वाबको चाप बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो।


४ असार २०७७, बिहीवार ०७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु