punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पारित भयो गण्डकी प्रदेशको बजेट

Chaupati
safha napa

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित भएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट बिहीबार प्रदेशसभाबाट बहुमतले पारित भएको हो । प्रदेश सरकारले गत १ असारमा ३० अर्ब ९० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यो बजेटमा सत्तारूढ मन्त्री र सांसदले नै असन्तुष्टि जनाएका थिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम काटिएपछि १९ दिनसम्म बजेटमाथिको छलफलअघि बढ्न सकेको थिएन । अर्थ विधि शीर्षकबाट सांसदलाई उक्त कार्यक्रम बराबरको भुक्तानी दिन अर्थमन्त्री तयार भएपछि संसदको अवरोध हटेको थियो ।

 

 


३० असार २०७९, बिहीवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु