सुनको मूल्य घट्यो

पछिल्लो केही समय यता सुनको मूल्य घट्दो क्रममा छ।आज नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य २ सयले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ।

सोमबार सुनको मूल्य प्रतितोलामा १ रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटसेसँगै चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदीको तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। सोमबार १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।


२८ असार २०७९, मंगलवार ११:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु