धनगढीका पत्रकार बिष्टलाई दुर्वब्यहार गरेको भन्दै महासंघको ध्यानाकर्षण

धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई दुर्वब्यहार गरिएको छ । रिपोर्टिङका लागि नगरसभामा पुगेका पत्रकार जनक विष्टलाई नगरसभामा पत्रकारलाई रोक लगाइएको छ भन्दै पाखुरा समातेरै त्यहाँका कर्मचारीले बाहीर निकालेका छन् ।  आठौं नगर सभाको चौथो बैठकमा समाचार संकलन गर्न पुगेका पत्रकार बिष्टलाई उपमहानगरपालिकाका कर्मचारीले पाखुरा समातेर बाहिर निकालेका हुन् ।

समाचार संकलन गर्न नगर सभा बैठकमा पुगेको समयमा एक कर्मचारीले पाखुरा समातेर बाहिर लिएर आएको पत्रकार बिष्टले बताएका छन् । आज पत्रकारलाई निषेध छ भन्दै आफुलाई बाहीर निकालिएको उनको भनाई छ ।

नगर सभा बैठकबाट पत्रकार बिष्टलाई निकालिएको भन्दै पत्रकार महासंघ कैलाली र प्रेस चौतारी नेपाल कैलालीले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिनको माग गरेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

 

 


२७ असार २०७९, सोमवार १९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु