बुटवलको पाल्पाली होटलमा १७ वर्षीया युवती मृत फेला
रुपन्देहीको बुटवलस्थित एक होटलमा एक युवती मृत भेटिएकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-११ की १७ वर्षीया समिक्षा गुरुङ मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गएराति ती युवती र एकक युवा होटलमा बस्न गएका थिए । ‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुण्डिएको भन्दै राति १२ बजे होटल सञ्चालयकले फोन गरेका थिए,’उनले भने ।
युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।
२६ असार २०७९, आइतवार १३:४८ बजे प्रकाशित












