धनगढीमा विद्युत अवरुद्ध हुने

धनगढीमा विद्युत अवरुद्ध हुने भएको छ। विद्युतको कार्यालय धनगढीले आज (आइतबार) करिब २ घण्टा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

गेटा मेडिकल कलेज नजिकै लत्रेको ३३ केभीको तार व्यवस्थित गर्न पोल गाड्नुपर्ने भएकोले सो कार्य गर्दा दिउँसो ४ बजेदेखि ६ बजेसम्म विद्युत अवरुद्ध हुने बताइएको छ।

धनगढी सवस्टेशनबाट प्रसारित सबै फिडरहरु अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ।


२६ असार २०७९, आइतवार १४:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु