बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ ४  हजार चार सय ७७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार सात सय ७४ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत प्राप्त गरिन् ।

नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ भने बाँकी वडामा एमालेले जितेको छ ।


२६ असार २०७९, आइतवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु