फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैया तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रूपैयाँ मूल्य बढाएको हो ।
आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर रु २, डिजेलरमट्टितेल प्रतिलिटर रु ९ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ ले वृद्धि गरेको निमगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रूपैयाँ पुगेको छ ।
२० असार २०७९, सोमवार २१:२३ बजे प्रकाशित































