जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री ?

जनता समाजवादी पार्टी (जसपा)ले अहिले सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ। जसपाले भौतिक पूर्वाधार, वन र कृषि मन्त्रीलाई फिर्ता बोलाएको हो। भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई जसपाले फिर्ता बोलाएको हो।

साथै यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सिफारिस भएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका छन्।

जसअनुसार जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस भएको छ।

जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ।

 


२० असार २०७९, सोमवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु