punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ब्याँस गाउँपालिका उपाध्यक्ष कुँवर पुगे चिन र नेपाल सिमामा रहेको १ नम्बर पिलर

Chaupati
safha napa

ब्याँस गाउँपालिका उपाध्यक्ष विनोदसिह कुँवर नेपाल र चिन सिमामा रहेको १ नम्बर पिलरमा पुगेका छन् । ब्याँस गाउँपालिका वडानम्बर १ का जनप्रतिनिधि वाहेक १ नम्बर पिलर पुग्ने पहिलो जनप्रतिनिधि व्याँस गाउँपालिका उपाध्यक्ष कुँवर बन्नु भएको छ ।

गाउँपालिकाको वडानम्बर १ छाङ्रु तिंकर लगायत क्षेत्रका विभिन्न योजनाहरुको अनुगमन साथै तिंकर भन्ज्याङ यात्रा गर्ने क्रममा नेपाल र चिनको सिमामा रहेको १ नम्बर पिलर पुगेको ब्याँस गाउँपालिका उपाध्यक्ष कुँवरले बताए ।

जनप्रतिनिधिको रुपमा पहिलो पटक सिमामा पुगेको ब्याँस गाउँपालिका उपाध्यक्ष कुँवरले जानकारी दिए । उक्त क्षेत्रको यात्रामा सहजिकरण गरिदिनु भएकोमा गाउँपालिका उपाध्यक्ष कुँवरले सिमा प्रहरी चौकी तिंकरलाई धन्यबाद ज्ञापन गरेका छन् ।

असार १२ गते मात्रै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरिक्षक त्रिभुवन विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङ्रुका गुल्मपती धिरेन्द्र शाह,प्रमुख अनुसन्धान अधिकृत महेश प्रसाद अवस्थी र नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक हर्क महता सहितको टोली चिन र नेपालको सिमामा रहेको १ नम्बर पिलर पुगेका थिए ।

 


१९ असार २०७९, आइतवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु