punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले महासचिव पोखरेल बझाङ आउने

Chaupati
safha napa

नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ आउने भएका छन् ।बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए ।

महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरूको उपस्थिति हुने जनाइएको छ ।

आगामी २२ गते हुने जिल्ला अधिवेशनका लागि महासचिव पोख्रेल २१ गते बझाङ पुग्ने भएका छन् । २२ गते उद्घाटन गर्ने र २३ गते नयाँ नेतृत्व चयन गरिने जनाइएको छ । महासचिव पोखरेल त्यसपछि मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको केन्द्रीय सदस्य महरले जानकारी दिए ।

महासचिव निर्वाचित भएपछि पहिलो पटक पोख्रेल बझाङ जान लागेका हुन् । यस अघि चैत्र २८ गते एमाले अध्यक्ष केपी ओली पनि बझाङ पुगेका थिए । एमालेका शीर्ष नेताहरूलाई जिल्लामा ल्याएर बझाङका समस्या र सम्भावना पनि उजागर गर्न खोजेको महरले बताए । उनकै पहलमा महासचिव पोख्रेल बझाङ जान लागेका हुन् ।

एमालेले अघिल्लो वर्ष पुस २३ गते देशै भरी एकै दिन जिल्ला अधिवेशन आयोजना गरेको थियो । उक्त दिन सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको थियो । बझाङमा मौसम खराब भएका कारण उक्त लिन अधिवेशन हुन सकेको थिए ।


१८ असार २०७९, शनिवार १०:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु