punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण

Chaupati
safha napa

गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

“भजनीमा १० हजार किसानको धान बाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ”, उनले भने, “क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा रु ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई रु १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई रु ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।”

एक किसानलाई रु ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिलेसम्म रु एक करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाइसक्ने गरी काम गरिरहेको छ ।


१८ असार २०७९, शनिवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु