बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ
बैतडीमा बलात्कारको आरोपका वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशी अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ ।
उनीहरु माथि जबरजस्तीकरणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए । अध्यक्ष नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
१५ असार २०७९, बुधवार १३:२३ बजे प्रकाशित













