नेपाली क्रिकेट टिम क्यानडा पुग्यो

क्यानडासँग एकदिवसीय क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम बुधबार क्यानडा पुगेको छ । नेपाली टिम सोमबार क्यानडा प्रस्थान गरेको थियो । नेपालले क्यानडासँग दुई खेलको एक दिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।

यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।


१५ असार २०७९, बुधवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु