विवादित राज्यमन्त्री विमलाले दिइन् राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ गते नेै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताए ।

जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।


१५ असार २०७९, बुधवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु