कैलालीमा खोज तथा उद्धारको कृत्रिम अभ्यास
कैलालीमा खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिएको छ । सोमबार जिल्लाको कैलारी गाउँपालिका–७ विपतपुरमा बाढी र आगलागीमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको आयोजनामा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास गरिएको हो । उक्त अभ्यासमा आगलागी र बाढी प्रकोप आएपछि बच्ने उपायबारे स्थानीयहरुलाई जानकारी दिइएको छ ।
साथै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगलागी र बाढी आएपछि बाँच्ने उपाय, नियन्त्रण गर्ने अभ्यास गरिएर देखाएको कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए ।
१३ असार २०७९, सोमवार ०८:३२ बजे प्रकाशित































