punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते

Chaupati
safha napa

बैतडी , ३० जेठ । जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकखण्डको बिन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिल बहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती कुँवर र २० वर्षीय छोरा रोहित कुँवर रहेका छन् ।

घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायवब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । तीनै जनालाई राति नै उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको अधिकारीले बताए ।

धनगढीबाट बैतडीको पुर्चौडी नगरपालिका जाँदै गरेको पुर्चौंडी नगरपालिकाको म १ झ ११३ नम्बरको एम्बुलेन्स बिहीबार राति ९ बजे सिगास गाउँपालिका–१ बिन्द्रावनमा दुर्घटनामा परेको हो ।

एम्बुलेन्स सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक पुर्चौडी नगरपालिका ७ का उत्तर विष्ट फरार छन् ।


३० जेठ २०७७, शुक्रवार ०३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु