देशभर थप १४ जनामा कोरोना संक्रमण

देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ११ जना डिस्चार्ज भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार २७८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।


४ असार २०७९, शनिवार १९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु