प्रियन्का रानी जोशीले पहिरिन मिस नेपाल २०२२ को ताज

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । मिस नेपाल इन्टरनेसनलको ताज नान्सी खड्काले जित्दा र सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनिन् ।
यस्तै रोज कँडेलले मिस ब्युटिफुल हेयरको उपाधि जितिन् । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।
४ असार २०७९, शनिवार १९:३१ बजे प्रकाशित