अब मोटरसाइकलमा १ र निजी गाडीमा ३ जना मात्रै यात्रा गर्न पाइने
काठमाडौ, जेठ २९ । सरकारले लकडाउनको मोडालिटीलाई केही परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यून गर्न लागू गरिएको लकडाउनलाई खुकुलाे बनाउँदै केही नयाँ आदेश जारी गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषदले उपत्यकालगायत सम्बन्धित जिल्लामा निजी सवारीसाधनलाई जोर बिजोर गरी चल्न दिने निर्णय गरेको छ । उनले खुल्ला गरिएका सवारीसाधनमा साइकल, मोटसाइकल र निजी सवारी चल्न पाउने उनले बताए । उनले मोटरसाइकलमा १ जना र निजी सवारीसाधनमा ड्राइभरसहित ३ जना मात्रै बस्न पाउने बताए ।
त्यस्तै, निजी सेवाप्रदायक संस्थाहरूका लागि पनि सवारीसाधन खुल्ला गरेको उनले बताए । उनले एउटा लहरमा १ जना मात्रै यात्रु बोक्न दिने र सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
२९ जेठ २०७७, बिहीवार १५:४८ बजे प्रकाशित































