punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको थप तीन ठाउँमा पीसीआर मेसिन राख्ने तयारी

Chaupati
safha napa

धनगढी ,जेठ २९। उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको थप तीन ठाउँमा पीसीआर मेसिन राख्ने तयारी सरकारको रहेको बताएका छन् । प्रदेशका कञ्चनपुर, डडेल्धुरा र अछाम जिल्लामा पीसीआर मेसिन जडान गरिने बताएका हुन । प्रदेशको कोरोनाको अवस्था र लघु, मध्यम र मझोला उद्योगको प्रवर्द्धनका लागि राष्ट्रिय योजना आयोगको टीम र युएनडीपीको टीमसँगै धनगढी पुगेका मन्त्री भट्टले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

प्रदेशमा दैनिक २५० जनाको मात्रै स्वाबको नमुना परीक्षण गर्ने एक मात्रै प्रयोगशाला छ । मन्त्री भट्टले कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको काम अगाडि बढिसकेको बताए । सुख्खा बन्दरगाहका लागि भारतसँग पनि कुरा अगाडि बढेको उनले दावी गरे ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाउँदै गएको उनले बताए । हाल धनगढीमा एउटा मात्र पीसीआर परीक्षण गर्ने मेसिन हुँदा कोरोना परीक्षण सुस्त छ ।


२९ जेठ २०७७, बिहीवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु