punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवन पुगेर प्रचण्डले– भने एसपीपी खारेज हुन्छ

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए ।

उनले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्‍यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।’ एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले दाबी गरे।

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए ।


३ असार २०७९, शुक्रवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु