punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामकी कोरोना संक्रमित महिलाको आन्द्राको शल्यक्रिया सफल

Chaupati
safha napa

नेपालगन्ज,जेठ २८। बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ ।

अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १८ हप्ताकी गर्भवतीसमेत रहेकी ती महिलाको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको हो । डा. प्रदीप थापा, डा. आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो ।

महिलाको स्वास्थ्य अवस्था सामान्य छ । अछाम चोरकोट गाउँपालिका–५ निवासी गर्भवतीसमेत रहेकी ती महिलाको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो ।


२८ जेठ २०७७, बुधवार ०५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु