punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली टिपर दुर्घटना ,दुईको मृत्यु, ६ बेपत्ता

Chaupati
safha napa

काठमाडौ,जेठ २८ । कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु हुनका साथै ६ जना बेपत्ता भएका छन्।

बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।

सो दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता रहेका रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

कर्णालीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार उक्त टिपरमा ३९ यात्रु रहेका थिए। अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।


२८ जेठ २०७७, बुधवार ०७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु