punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिम सेती एनएचपीसीले बनाउने

Chaupati
safha napa

पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण गर्ने जिम्मा भारतको सरकारी कम्पनी एनएचपीसी लिमिटेडलाई दिइने भएको छ। लगानी बोर्डको सोमबार बसेको बैठकले भारतको सरकारी कम्पनी एनएचपीसी लिमिटेडसँग वार्ता गरी अन्तिम निष्कर्षमा पुग्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सो कम्पनीले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न पाऊँ भनी बोर्डसमक्ष निवेदन दिएको थियो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘प्रतिस्पर्धामा दिँदा पनि आयोजना बनाउन सक्ने खालका कुनै पनि कम्पनी आउन नसके र झन्डै चार दशकसम्म आयो जना अलपत्र पर्‍यो। आर्थिक तथा प्राविधिक रूपमा निर्माण गर्न सक्ने हैसियत भएको कम्पनी नआउने र समयमात्र खेर जाने भएकाले आर्थिक तथा प्राविधिक रूपमा सक्षम भएका कम्पनीसँग वार्ताको माध्यमबाट निर्माण अनुमति दिन बोर्डले सरकारलाई सिफारिस गरेको हो।’


२४ जेठ २०७९, मंगलवार १०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु