punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि आज (सोमबार) देखि छलफल हुँदैछ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुन लागेको हो । कृषिलाई प्राथमिकता दिई सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि अघि बढाइने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले नीति तथा कार्यक्रममा अनावश्यक विषयी रहेको बताए । उनले भने –‘यसले कुराहरु बढी गरेको छ । बजेटले समेट्न नसक्ने गरी कार्यक्रम ल्याइएको छ ।’ उनले बजेटको आकारभन्दा बढी नीति तथा कार्यक्रम घोषणा भएको बताउँदै कार्यान्वयनमा आशंका रहेको बताए ।

जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य मालामती रानाले नीति तथा कार्यक्रम पुरानै ढर्रा, शैली र परम्पराबाट सभामा पेश भएको बताइन । ‘हामीले सरकारलाई दिएका सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छैन’ उनले भनिन –‘प्रदेशको प्रमुख समस्या भनेको वेरोजगारी हो ।

सबै मानिसलाई स्वरोजगार बनाउने गरि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गर्न सकेको छैन ।’ उनले प्रदेशका मानिस कमाउन भनी भारत जान बाध्य रहेको बताउँदै मुख्यमन्त्रीले नै घोषणा गरेको सबैलाई रोजगारीको अवसर सृजना गरि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने नारामै सीमित रहेको बताइन् ।

प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता भरतबहादुर खडकाले नीति तथा कार्यक्रम महत्वाकांक्षी र सकारात्मक रहेको बताए । ‘नीति तथा कार्यक्रम सकारात्मक छ, तर यही अनुसार बजेट आउनेमा हाम्रो आशंका छ’ उनले भने –‘बजेट र नीति तथा कार्यक्रमको तालमेल मिलेन भने यसले ठूलो असर गर्छ ।’ उनले घोषित नारालाई सार्थकता दिन प्रदेश सरकारले बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए ।

 


२३ जेठ २०७९, सोमवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु