कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते

कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको घोडाघोडी नगरपालिकामा वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिष्ना बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ ।

सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी लक्ष्मण बहादुर शाहीले बताए । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । लठुवा सामुदायिक वनमा मान्छेलाई जान रोक लगाइएको छ ।


२३ जेठ २०७९, सोमवार १२:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु