punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल टेलिकमको एपमा थपिए नयाँ सुविधा

Chaupati
safha napa

नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ । साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ ।

त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘फाइबर टु द होम’ अर्थात एफटिटिएच प्रयोगकर्ताहरूले एपमार्फत एफटिटिएचको सीपीई रिस्टार्ट गर्न, वाइफाईको एसएसआइडी परिवर्तन गर्न, डेटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सक्नु सक्नेछन् । ‘नमस्ते पे’ सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।
नेपाल टेलिकम एपमा व्यक्तिको जानकारीहरू अपडेट युजर केवाइसीमार्फत नवीकरण गर्न सकिनेछ । त्यसैगरी, डिलरहरूले एमपोस समेत लगइन गर्न सकिनेछ ।

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय–समयमा परिमार्जन गरी सेवाग्राहीको लागि उपयोगी विशेषता थप गर्दै नयाँ रूपमा प्रस्तुत गर्ने गरेको छ । एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन, एडिएसएल, एफटिटिएच लगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ । त्यसैगरी, नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरू खरिद गर्न र प्याकेजको अवस्थाबारेमा सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरू उपहारको रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरूमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरूको बिल तिर्न पनि सकिन्छ ।

कम्पनीको फेसबुक लगायतका सामाजिक सञ्जाल समेत यहीबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिने कम्पनीले जनाएको छ ।


१९ जेठ २०७९, बिहीवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु