punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडिमालिका दर्शनका लागि राष्ट्रपति बाजुरामा

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन्। बडिमालिका शक्तिपीठ दर्शनका लागि उनि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मंगलबार काठमाडौंबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले हिजो पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। भण्डारी हिजो सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्।

भ्रमण सकेर उनी आजै काठमाडौं फर्किने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए।


१८ जेठ २०७९, बुधवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु